Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पर्यटन नीति परिमार्जनको तयारी भइरहको छ : पर्यटनमन्त्री पाण्डे

पर्यटन नीति परिमार्जनको तयारी भइरहको छ : पर्यटनमन्त्री पाण्डे

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीति परिमार्जनको तयारी भइरहको बताएका छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको ४६औं वार्षिक साधारणसभामा बोल्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीति परिमार्जनको प्रक्रियामा रहेको बताए।

पर्यटनमन्त्री पाण्डेले संस्कृति नीति, हवाइ नीति पनि परिमार्जनको प्रक्रियामा रहेको बताए।

मुलुकको नागरिक उड्ययनको क्षेत्रलाई सुधार गर्नका लागि नियामक निकाय र सेवा प्रदायकलाई फरक बनाउनका लागि आवश्यक कानुन टुङ्याउने क्रममा रहेको उपर्यटनमन्त्री पाण्डेको भनाई छ ।

उनले नागरिक उड्ययनको क्षेत्र सुधार नभएसम्म प्रयाप्त पर्यटन भित्राउन नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077