Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बालुवाटारमा आजदेखि सञ्चालनमा आयो ‘पिपल्स लाइब्रेरी’

बालुवाटारमा आजदेखि सञ्चालनमा आयो ‘पिपल्स लाइब्रेरी’

सोमवार , भाद्र १७, २०८१

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा उक्त पुस्तकालय सञ्चालनमा आएको हो ।

‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आव्हान गरेका थिए।

आव्हानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ। प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन।

पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिँदै पहिला पहिला ज्ञानको बैंकका रुपमा रहेको पुस्तक रहने भएकाले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077