Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रकाश तामाङ र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रकाश तामाङ र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता

सोमवार , भाद्र १७, २०८१

काठमाडौँ । प्रकाश तामाङले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।  'हेर्ने कथा'मार्फत चर्चामा आएका उनले आज प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

गोरखाको चुमभ्यालीमा बाल्यकालदेखि नै आफन्तबाट टाढिएर बसेका उनले हेर्ने कथामार्फत आफ्नो भोजपुरमा रहेका परिवार भेटेका थिए । 

४० वर्ष नाघिसक्दासमेत नागरिकता नपाएका उनले प्रधानमन्त्रीको चासोपछि दुई दिनअघि नागरिकता पाएका थिए । भोजपुरबाट नागरिकता पाएसँगै उनले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरे ।

भेटपछि प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘प्रकाश तामाङ  नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो ।  नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077