काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष पदमा सागर पाण्डे निर्वाचित भएका छन् । उनी ५८० मत पाएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटाले ४८० मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार महासचिवमा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी हुँदा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् ।
त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् । को जनाइएको छ ।
सदस्यहरुमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् । टानको नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन भएको थियो ।