Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पलेशा गोवर्धनलाई भोली नगर परिक्रमा गराइने

पलेशा गोवर्धनलाई भोली नगर परिक्रमा गराइने

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइने भएको छ ।

कास्य पदक विजेता पलेशाको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधवार नगर परिक्रमा गराउन लागेको हो ।

फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी पलेशाले कास्य जितेकी थिइन् । यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पदक विजेता पलोशा बुधवार काठमाडौं आइपुगेलगत्तै नगर परिक्रमा गराइने राखेपले जनाएको छ । पेलशा र उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोली बुधवार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएको छ ।

बिहान ८ः३० बजेबाट शुरू हुने र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चौक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुंगिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077