Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

वर्षाका कारण रद्द भयो नेपालले श्रीलंकामा खेल्ने पहिलो अभ्यास खेल

वर्षाका कारण रद्द भयो नेपालले श्रीलंकामा खेल्ने पहिलो अभ्यास खेल

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको पहिलो अभ्यास खेल वर्षाले रद्द भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज पहिलो खेल हुने तालिका रहेको थियो ।

तर वर्षाका कारण रद्द भएको हो । नेपालले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो ।

नेपालले अब दोस्रो अभ्यास खेल बुधबार र तेस्रो खेल सेप्टेम्बर ६ मा हुने तालिका रहेको छ । श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077