Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु

कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु

मंगलवार , भाद्र १८, २०८१

कैलाली । कैलालीमा जापानिज इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

मंगलबार संक्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो । जिल्लाका थप चार जनामा संक्रमण पुष्टि भएको छ ।

गौरीगंगा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा संक्रमण पुष्टि भएको छ । गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन् ।

अन्य संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077