Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रधानमन्त्री ओलीसँग मेयर बालेन समर्थक रिसाए, फलोअर्स घटेको घट्यै !

प्रधानमन्त्री ओलीसँग मेयर बालेन समर्थक रिसाए, फलोअर्स घटेको घट्यै !

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘अनफलो’ गरेका छन् ।

मंगलबार दिउँसोबाट ठूलो संख्यामा ओलीको व्यक्तिगत सामाजिक सञ्जाल फेसबुकमा अनफलो गर्नेको संख्या बढेको हो । ६ लाख ६२ हजार जनाले केपी शर्मा ओलीको फेसबुकलाई फलो गरेका थिए ।

तर बुधबार बिहान ७ बजेसम्म ओलीको फेसबुक पेजमा फलोअर्स ६ लाख ३ हजारमा झरेको छ । हिजो दिउँसोबाट अहिले बिहान सम्ममा अहिलेसम्म ५९ हजार जनाले ओलीको फेसबुकलाई अनफलो गरेका हुन् ।

गत आइतबार मेयर बालेनले एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

त्यसपछि बालेन समर्थक र एमाले कार्यकर्ताबीच वादविवाद चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077