Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ऐतिहासिक पदक दिलाउन सफल पलेशाको सम्मानमा आज नगर परिक्रम

ऐतिहासिक पदक दिलाउन सफल पलेशाको सम्मानमा आज नगर परिक्रम

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनको सम्मानमा आज नगर परिक्रमा गराइने भएको छ ।

फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जितेकी थिइन् ।

यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो । ऐतिहासिक पदक विजेता पलोसा आज बिहान काठमाडौं आउँदै छिन् । उनीसहित नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमासहित स्वागत गर्न लागेको हो ।

राखेपका अनुसार बुधबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली सुरु हुनेछ । र्‍याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ । पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि बुधबार स्वदेश फर्किंदै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077