Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टोली

श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टोली

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको दोस्रो अभ्यास खेलमा आज खेल्दैछ ।

श्रीलंकामा नेपाली समय अनुसार आजको खेल बिहान १०ः१५ बजे सुरु हुनेछ । डेभलभमेन्टसँगको पहिलो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो ।

नेपालले सोही टोलीसँग शुक्रवार पनि अभ्यास खेल खेल्नेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलंकामा छ ।

नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खला खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077