Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

ढोरपाटनमा नाउर र झारलको शिकार गर्न बोलपत्र आह्वान

ढोरपाटनमा नाउर र झारलको शिकार गर्न बोलपत्र आह्वान

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान गरिएको छ ।

शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर खुलाएको हो।

आर्थिक वर्ष २०८१/८२ को पहिलो सिजनका लागि १२ वटा नाउर र ८ वटा झारलको शिकार गर्न टेण्डर खुलाइएको विभागले जनाएको छ।

विभागका व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार टेण्डरको म्याद १५ दिनको हुन्छ र सबै प्रक्रिया पूरा गरिसकेपछि असोजदेखि शिकार सुरु हुन्छ ।

ढोरपाटन क्षेत्रमा हरेक वर्ष पहिलो सिजन (असोज-मंसिर) र दोस्रो सिजन (फागुन-वैशाख)मा शिकार हुँदै आएको छ ।

विदेशी शिकारीसहितको समूहले शिकार खेल्न कम्तिमा १५ दिन जङ्गलमा बिताउँछन् ।

तोकिएको अवधिभित्र शिकार खेल्न नसके शिकारी खाली हात फर्कनुपर्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077