Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बाल यौन दुराचार आरोपमा लमजुङबाट शिक्षक पक्राउ

बाल यौन दुराचार आरोपमा लमजुङबाट शिक्षक पक्राउ

बुधवार , भाद्र १९, २०८१

लमजुङ । लमजुङ प्रहरीले बाल यौन दुराचारको आरोपमा एक जना शिक्षकलाई पक्राउ गरेको छ।

भारतको दार्जीलिङ घर भई २ वर्षदेखि लमजुङको बेंसीसहर नगरपालिकास्थित एक निजी विद्यालयमा पढाउँदै आएका ३६ वर्षीय मनीष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गुरुङविरुद्ध ९ वर्षीया बालिकालाई यौन दुराचार आरोपमा पक्राउ गरी मुद्दा अघि बढाएको छ ।

गुरुङलाई बुधबार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।

प्रहरीका अनुसार ती शिक्षकले सोमबार बिहान आफ्नै कोठामा बोलाएर ती बालिकामाथि यौन दुराचार गरेको आरोप छ ।

बाटोसम्म अभिभावकले पुर्‍याएर शिक्षकको कोठामा गएका बालिकाले घरमा फर्केर शिक्षकले गरेको गतिविधिबारे जानकारी गराएपछि अभिभावकले सोमबार प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीपछि ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077