Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको दोस्रो खेल पनि रद्द

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको दोस्रो खेल पनि रद्द

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको दोस्रो अभ्यास खेल पनि वर्षाले रद्द भएको छ ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज क्यानडा भ्रमणअघि अन्तिम तयारीका लागि श्रीलंका गएको नेपालको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको हो ।

श्रीलंका डेभलेप्मेन्टसँग तीन एकदिवसीय अभ्यास खेलको सिरिज खेल्न नेपाल आइतबार त्यसतर्फ लागेको थियो। मंगलबार पहिलो अभ्यास खेल पनि वर्षाको कारण हुन सकेको थिएन।

आज दोस्रो खेल पनि वर्षाको कारण हुन सकेन । नेपालले तेस्रो तथा अन्तिम खेल अब बिहीबार खेल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज दोस्रो खेल हुने तालिका रहेको थियो ।

नेपाल शनिबारसँग श्रीलंकामा रहेर अभ्यास गर्नेछ । त्यसपछि नेपाली टोली लिग २ खेल्न क्यानडा जानेछ । नेपाल, क्यानडा र ओमानबीच लिग २ मा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077