Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

बुधवार , भाद्र १९, २०८१

पर्वत । बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा पर्वतको अर्मादीमा तीन जना घाइते भएका छन् ।

बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका-२, कुश्मा-बागलुङ सडकखण्ड अन्तर्गत अर्मादीमा यात्रुवाहक बससँग ठोकिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ग १ झ ६९५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स र बा ०६००१०३०९ नम्बरको बस एकआपसमा ठोकिँका थिए ।

घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077