Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बैंकबाट ऋण लिएर बढी ब्याज खान सहकारीमा बचत गर्नेहरू नै आन्दोलनमा छन् : मन्त्री अधिकारी

बैंकबाट ऋण लिएर बढी ब्याज खान सहकारीमा बचत गर्नेहरू नै आन्दोलनमा छन् : मन्त्री अधिकारी

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बढी ब्याज खान खोज्नेहरुले नै सहरकारी पीडितहरुको अगुवाई गरेर आन्दोलन गरिरहेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहकारीमन्त्री अधिकारीले बैंकबाट ऋण लिएर मुनाफा कमाउन सहकारीमा बचत गर्नेहरूले नैआन्दोलन गरिरहेको आरोप लगाएका हुन्।

बैंकबाट सस्तो ब्याजमा पैसा लिने र त्यसलाई सहकारीमा राखेर बढी ब्याज खानेहरुले आन्दोलन गरेको उनले दाबी गरे ।

सहकारीमन्त्री अधिकारीले भने, 'आफूसँग धेरै भएको सम्पती सहकारीमा राख्ने र बैंकबाट कम ब्याजमा पैसा लिएर सहकारीमा राख्ने र बढी ब्याज खानेहरु नै सहरकारी पीडित भएका छन् । अहिले सहकारीमा आन्दोलन गर्नेहरु त्यस्तै मात्रै छन् । आन्दोलनको नेतृत्व गर्नेहरुले पीडितहरुसँग फाइदा लिन पनि पाउने भए, अर्को उद्देश्य पूरा गर्ने भए ।’

सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको सहकारीमन्त्री अधिकारीले बताए ।

उनले सहकारीका समस्या समाधान गर्न सरकारले पनि पहल गरिरहेको र पीडितहरूले पनि कानुनबमोजिम उपचार खोज्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077