Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मेसी र रोनाल्डो बालोन डी’ओर अवार्डको सूचीमा परेनन्

मेसी र रोनाल्डो बालोन डी’ओर अवार्डको सूचीमा परेनन्

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । सन् २०२४ बालोन डी’ओर अवार्डको मनोनयन सूचीमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो अटाएका छैनन् ।

अवार्डका लागि ३० खेलाडी प्रारम्भिक मनोनयनमा पर्दा मेसी र रोनाल्डो उक्त सूचीमा नपरेका हुन् ।

मेसी आठ पटकको बालोन डी’ओर अवार्डका विजेता हुन् । रोनाल्डोले पाँचपटक यो अवार्ड जितेका छन् ।

सन् २००३ पछि ३९ वर्षीय रोनाल्डो वा ३७ वर्षीय मेसी दुवै सूचीमा नपरेको पहिलोपटक हो ।

सूचीमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन्।

३० जनाको प्रारम्भिक सूचीमा इंग्ल्याण्डका मात्रै ६ खेलाडी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077