Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

ओडिसी अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाडमा एसपीए कलेज दोस्रो

ओडिसी अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाडमा एसपीए कलेज दोस्रो

बिहिवार , भाद्र २०, २०८१

धनगढी । भारतको लखनऊमा आयोजित १० औँ ओडिसी अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाड २०२४ मा एस।पी।ए कलेज दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

सिटी मन्टेश्वरी स्कुल तथा राजाजीपुरम क्याम्पस लखनऊद्वारा आयोजित १० औँ ओडिसी अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाडमा एस।पी।ए कलेजबाट प्रतिनिधित्व गरी गएका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू दोस्रो स्थान हासिल गर्न सफल भएका हुन् ।

१० औँ ओडिसी अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाड प्रतियोगिता २०२४ मा विश्वभरका विभिन्न युवा प्रतिभाहरू सँग नाटक, साहित्य, सृजनशीलता, र अभिव्यक्तिमा प्रतिस्पर्धा गर्दै एसपीए कलेजको टिम इफरभेसन्ट प्रेजेन्टाजियोन विधामा दोस्रो स्थान हासिल गर्न सफल भएको हो ।

उक्त कार्यक्रममा सहभागी हुन एस।पी।ए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय, अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी अपर्णा गुप्ता, माध्यमिक तह व्यवस्थापन संयोजक अनुराधा भट्ट र थ्रेटर एण्ड आर्ट शिक्षक क्रिस वाल्टर्सको अभिभावकत्वमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू अपेक्षा उपाध्याय, आनशिका भट्ट, खुसी जोशी, रोशन कुँवर, पवन कुमार कुँवर, दीपक साउद, दीपेश सिंह साउद र जिज्ञासा मल्लले नाटक प्रस्तुत गरेका थिए ।

एसपीएका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै कडा परिश्रम र समर्पणको अद्वितीय उदाहरण प्रस्तुत गरेको र यस उपलब्धिले सिङ्गो देशलाई नै प्रतिनिधित्व गरी गर्वको अनुभूति गराएकोमा सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेज परिवारले विद्यार्थीहरू लाई बधाई दिँदै भविष्यमा पनि यसरी नै सफलता प्राप्त गरुन् भनी विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077