Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

राजस्थान रोयल्सको मुख्य प्रशिक्षकमा द्रविड

राजस्थान रोयल्सको मुख्य प्रशिक्षकमा द्रविड

बिहिवार , भाद्र २०, २०८१

एजेन्सी । भारतीय क्रिकेट टीमका पूर्वमुख्य प्रशिक्षक राहुल द्रविड राजस्थान रोयल्सका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

द्रविडले आगामी सिजनको इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सका लागि मुख्य प्रशिक्षकको रुपमा जिम्मेवारी सम्हालेका हुन्।

द्रविडले हालैमात्र फ्रेन्चाइजीसँग सम्झौता गरेका थिए। भारतलाई टी–२० विश्वकपको उपाधि दिलाउन सफल प्रशिक्षकको रुपमा आफ्नो नाम दर्ता गराएका द्रविडले अब राजस्थानलाई आईपीएलको उपाधि दिलाउने प्रयास गर्नेछन्।

राहुल द्रविड सन् २०१२ र २०१३ को आईपीएल सिजनमा राजस्थानको कप्तान थिए भने २०१४ र २०१५ को आईपीएलमा उनी टीमका निर्देशक र मेन्टरका रुपमा जोडिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077