Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

गुडिरहेको नेपाली सेनाको ट्रकमा लाग्यो आगो

गुडिरहेको नेपाली सेनाको ट्रकमा लाग्यो आगो

बिहिवार , भाद्र २०, २०८१

मकवानपुर। मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।

७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आगलागी भएको हो।

त्रिभुवन राजपथको दामन-शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका-४ कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

ट्रकको सापट भाच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको थियो। आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077