Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

गृहमन्त्री लेखकले भने - देशको अर्थतन्त्र गतिशील बनाउन सरकार प्रतिबद्ध छ

गृहमन्त्री लेखकले भने - देशको अर्थतन्त्र गतिशील बनाउन सरकार प्रतिबद्ध छ

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्लाफाँटा नगरपालिका –१० झलारीमा कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच समीकरण बनाइ स्थिर सरकार गठन भएको गृहमन्त्री लेखकको भनाइ छ।

गृहमन्त्री लेखकले भने,'सरकार अस्थिर हुँदा नयाँ समीकरण बन्ने भत्किने अवस्था थियो । सेवाप्रवाह ठिक ढङ्गले हुन सकेन, विकास निर्माणसँगै सुशासन अगाडि बढ्न पाएका थिएनन् ।'

सात बुँदे सहमतिको जगमा बनेको सरकारले देशमा भ्रष्टाचार नियमन गरी सुशासनको प्रत्याभूति दिने र दिगो शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध भएर अगाडि बढ्ने उनको भनाइ छ।

संविधानको कार्यान्वयन ठिक ढङ्गले गर्न आगामी निर्वाचनसम्म सत्ता समीकरण रहिरहने गृहमन्त्री लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077