Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

धनगढीमा झण्डै ६ करोडमा बनेको प्रहरी पेट्रोल पम्पको गृहमन्त्री लेखकले गरे उद्घाटन

धनगढीमा झण्डै ६ करोडमा बनेको प्रहरी पेट्रोल पम्पको गृहमन्त्री लेखकले गरे उद्घाटन

बिहिवार , भाद्र २०, २०८१

कैलाली । गृहमन्त्री रमेश लेखकले धनगढीमा प्रहरीको पेट्रोल पम्पको उद्घाटन गरेका छन् ।

बिहीबार एक विषेश कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा निर्माण गरिएको आधुनिक पेट्रोल पम्पको गृहमन्त्री लेखकले उद्घाटन गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गरिएको नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन गरिएको छ। बिहिवार गृहमन्त्री लेखकले पेट्रोल पम्पको भवन तथा भौतिक पूर्वाधारहरूको औपचारिक उद्घाटन गरेका हुन्। उनले पेट्रोल पम्पको अवलोकनसमेत गरेका थिए।

नेपाल प्रहरी कल्याण कोषको पाँच करोड ८७ लाख ७८ हजार ४ सय ४५ रुपैयाँ लागतमा धनगढीमा पेट्रोल पम्प तथा पूर्वाधारहरूका निर्माण गरिएको प्रदेश प्रहरीले बताएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भिम बहादुर भण्डारी, विपद व्यवस्थापन प्राधिकरणका सिईओ अनिल पोख्रेल, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव डा. हरी प्रसाद लम्साल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यस्तै जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लगायत पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीविहरू, अमर प्रहरी परिवार, समाज सेवी तथा प्रहरी कर्मचारीहरूको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077