Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

बान्द्रेखोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु, एक बेपत्ता

बान्द्रेखोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु, एक बेपत्ता

शुक्रवार , भाद्र २१, २०८१

बागलुङ । बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ ।

बिहीवार रातिदेखि परेको भीषण वर्षासँगै बागलुङ नगरपालिका-४ कुँडुले हुँदै बग्ने बान्द्रेखोलामा आएको बाढीले मोटरसाइकलसहित तीन युवालाई बगाएको हो । ती मध्ये दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

बिहीवार राति साढे १२ बजे बानपा–४ कुँडुलेदेखि मालिकातर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र घ१प ९९९६ नम्बरको स्कुटरमा सवार बान्द्रे अढाईथर बस्ने २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सोही स्थानका २० वर्षीय कमल सापकोटा बेपत्ता रहेको छन् । सापकोटा र रेग्मीको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको थियो । मृत्तक दुवैको शव पोष्टमार्टमको लागि धौलागिरी अस्पतालमा ल्याइएको छ।

बेपत्ता सापकोटाको खोजी कार्यमा प्रहरी निरीक्षक प्रताप पौडेल नेतृत्वको प्रहरी टोली घटनास्थलमा परिचालित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077