सल्यान । पहिरोले राप्ती राजमार्ग र मदन भण्डारी राजमार्गको तुलसीपुर–सल्यान कालिमाटी–सुर्खेत खण्ड अवरुद्ध भएका छन् ।
जिल्लाको कपुरकोट गाउँपालिकाको चोरखोला, राम्रीमा गएको पहिरोले राप्ती राजमार्ग र कालिमाटी गाउँपालिका ४ टटेलीको पहिरोले बिहीबार रातिदेखि तुलसीपुर–कालिमाटी–सुर्खेत सडक अवरुद्ध भएका हुन् ।
दुवै मार्गमा सवारी साधन आवतजावत हुन नसक्दा यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
चोरखोलाको पहिरो हटाए पनि राम्रीको हटाउन नसक्दा राप्ति राजमार्ग बिहीबार रातिदेखि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । राम्रीमा र टटेलीमा डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ ।