Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

झरीका बीच पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

झरीका बीच पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । तीज पर्वका अवसरमा पशुपति मन्दिर परिसरमा दर्शनार्थीको शुक्रबार बिहानैदेखि घुइँचो लागेको छ।

भगवान् शिवको पूजा आराधना गर्न अहिले हजारौँको संख्यामा महिलाहरु पशुपतिनाथ मन्दिरमा पुगेका छन्। काठमाडौँ उपत्यकामा गएरातिदेखि नै वर्षा भइरहेको छ। बर्खेझरीमा छाता ओडेर महिलाहरु पशुपतिनाथ पुगेका हुन्।

हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको व्यवस्थापन, सुरक्षा र मन्दिर दर्शन गर्ने सम्पूर्ण प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

पशुपतिनाथ मन्दिर क्षेत्रभित्र र आसपासमा बिहीबारदेखि नै मासु, मदिरा तथा नसालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077