Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

गैँडाको आक्रमणबाट बर्दियामा एक जना गाइडको मृत्यु

गैँडाको आक्रमणबाट बर्दियामा एक जना गाइडको मृत्यु

शुक्रवार , भाद्र २१, २०८१

बर्दिया । बर्दियामा गैंडाको आक्रमणबाट एक जना गाइडको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका - ६ स्थित डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-९ बस्ने ३५ वर्षीय गाइड मनमोहन चौधरी रहेका छन् । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

घाइतेमध्ये विदेशी नागरिकको अवस्था भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको छ ।

अमेरिकी नागरिक मिक लेन्डन शवन बिहीबार राति ठाकुरबाबा नगरपालिका-९ शिवपुरस्थित बर्दिया होमस्टेमा आएर बसेका थिए।

शुक्रबार बिहान अन्दाजी ८ बजे शवनलाई लिएर ३५ वर्षीय गाइड मनमोहन चौधरी र ५८ वर्षीय वनका चौकीदार खिन्चु थारू जंगल वाकका लागि गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077