Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपालले दियो श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य

नेपालले दियो श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को तयारीका लागि श्रीलंकामा रहेको नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भएको हो । नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए ।

कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए । यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए ।

श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिए । श्रीलंकमा अब केही दिन तयारी गरेपछि नेपाल क्यानडा जानेछ।

क्यानडाको ओन्टेरियोमा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077