Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एमाले सांसद शर्माबारे बालेनले लेखेको स्टाटस रिकभर

एमाले सांसद शर्माबारे बालेनले लेखेको स्टाटस रिकभर

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले लेखेको फेसबुक स्टाटस तीन दिनपछि फिर्ता भएएको छ ।

एमाले सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै मेयर बालेनले लेखेको स्टाटस फेसबुकले तीन दिनपछि फिर्ता गरेको हो ।

उनले लेखेको घरेलु बालश्रम सम्बन्धी स्टाटसलाई फेसबुकले कम्युनिटी गाइडलाइन उल्लंघन भएको भन्दै फेसबुकले हटाएको थियो ।

मेयर बालेनले आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीमाथि खनिएका थिए ।

धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि फेसबुकले नै स्टाटस हटाइदिएको थियो ।

मेयर बालेनले फेसबुक पेजबाट नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माले ८ वर्षदेखि घरेलु कामदार राखेर हिंसा गरेको भन्दै फोटो सहितको स्ट्याटस राखेका थिए।

एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए। मेयर बालेनले यही स्टाटस इन्टाग्राममा पनि राखेका थिए । इन्स्टाबाट भने स्टाटस हटेको छैन ।

उनले काठमाडौं महानगरले समात्नभन्दा पनि सरकारले केही नगरेको र मुद्दा चलाउन भने पनि बेवास्ता गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077