Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एन्फा महिला लिगमा सुदूरपश्चिमको लज्जास्पद हार, पुलिसले हान्यो ९ गोल !

एन्फा महिला लिगमा सुदूरपश्चिमको लज्जास्पद हार, पुलिसले हान्यो ९ गोल !

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौंं । एन्फा महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फराकिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९–० गोलको फराकिलो जित हासिल गरेको हो । पुलिसको जितमा निरु थापा र दिपा न्यौपानेको ह्याट्रिक गोल गरिन् ।

यस्तै पुजा राना, अनुश्का शेर्पा र गिमकुमारी गुरुङले एकएक थपे । पहिलो चरणमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने सुदूरपश्चिम बाग्मती युथ क्लबसँग पराजित भएको थियो ।

यस्तै ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आजै भएको पहिलो खेलमा सङ्कटा क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाले गोल रहित बराबरी खेलेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भएको लिगमा १० वटा टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077