महोत्तरी । महोत्तरीसहित तराई मधेशमा उदाउँदो चन्द्रमालाई अर्घ्य दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सकिएको छ ।
श्रद्धा र आस्थाको महान् पर्वका रूपमा मानिएको यो पर्व गएराति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अर्घ्य अर्पण गर्दै सकिएको हो ।
यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि सम्बोधन गरिन्छ ।
प्रत्येक घरका ज्येष्ठ महिलाले दिनभरि निराहार उपवास बसी राति चन्द्रमाको पूजाआजा गरेका हुन् ।
यस पर्वमा फलफूल, मिठाई, दही, पूरी र खीर खाने चलन रहेको छ ।