Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका दुई जना बेपत्ता

जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका दुई जना बेपत्ता

शनिवार , भाद्र २२, २०८१

चितवन । चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटस्थितराप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भरतपुर-२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर-२७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन् ।

उनीहरुसँग नदीमा माछा मार्न गएका सोही ठाँउका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएका छन् ।

शुक्रवार दिउँसो २ बजेदेखि बेपत्ता भएका युवाहरुको खोजी गरिए पनि हालसम्म भेटिएका छैनन् ।

शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077