Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सुर्खेत जाँदै गरेको हाइस खल्लागाडमा दुर्घटना हुँदा ८ जना घाइते

सुर्खेत जाँदै गरेको हाइस खल्लागाडमा दुर्घटना हुँदा ८ जना घाइते

शनिवार , भाद्र २२, २०८१

कालीकोट । कर्णाली राजमार्गको खल्लागाडमा हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

घाइतेमध्ये ५ को अवस्था चिन्ताजनक छ भने ३ जना सामान्य छन् । १८ जना सवार गाडी सडकमै पल्टिएको छ।

घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077