Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

ढुंगाले लागेर हजुरआमाको मृत्यु, नातिनी घाइते

ढुंगाले लागेर हजुरआमाको मृत्यु, नातिनी घाइते

शनिवार , भाद्र २२, २०८१

डोटी । डोटीमा पहिरोबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका– ३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो ।

कौमतीदेवीको उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।

कौमतीदेवी शनिवार माइती जान घरबाट हिँडेकी थिइन् । उनको माइतीघर आदर्श गाउँपालिका– ६ सवखोलामा रहेको छ । सोहीबेला पहिरो खसेर उनलाई ढुंगाले लागेको थियो ।

ढुंगाले लागेर कौमतीसँगै रहेकी उनकी नातिनी पर्ने १२ वर्षीया भुवनेश्वरी ऐर पनि घाइते भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077