Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गृहजिल्लावासीलाई रक्षामन्त्री राईको आग्रह - फोन उठाउन भ्याउँदिन, अन्यथा नठान्नू

गृहजिल्लावासीलाई रक्षामन्त्री राईको आग्रह - फोन उठाउन भ्याउँदिन, अन्यथा नठान्नू

शनिवार , भाद्र २२, २०८१

काठमाडौं । रक्षामन्त्री मानवीर राईले फोन उठाएन भनेर आलोचना नगर्न गृहजिल्लावासीलाई अनुरोध गरेका छन् ।

शनिवार गृहजिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो अनुरोध गरेका हुन् ।

कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था भएकाले त्यसमा अन्यथा नठान्न मन्त्री राईले जिल्लावासीलाई आग्रह गरे ।

उनले बिहान बेलुका फुर्सद हुँदा आफूले फोन उठाउने र नभ्याए आफ्नो स्वकीयलाई सम्पर्क गरेर भए पनि आफूलाई जानकारी गराउन पनि उनले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077