Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

चौरपाटीमा गुणस्तरहीन मदिरा खोल्ने/नखोल्नेबारे निर्णय गर्न भोली सर्वदलीय बैठक बस्दै

चौरपाटीमा गुणस्तरहीन मदिरा खोल्ने/नखोल्नेबारे निर्णय गर्न भोली सर्वदलीय बैठक बस्दै

शनिवार , भाद्र २२, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिकामा न्यून गुणस्तर भएका मदिरा खोल्ने/नखोल्नेबारे निर्णय गर्न आइतबार सर्वदलीय बैठक बस्ने भएको छ ।

अघिल्लो सरकारले गाउँपालिकाभित्र न्यून गुणस्तर भएका मदिराले स्वास्थ्यमा गम्भीर असर गर्ने र समाजमा भाँडभैलो मच्चाएको भन्दै बिक्रीवितरणमा रोक लगाएको थियो ।

तर करिब पाँच वर्षपछि गुणस्तरहीन मदिरा खोल्ने/नखोल्नेबारे समिक्षासहितको सर्वदलीय बैठक बस्न लागेको हो ।

गाउँपालिकाले आइतबार विभिन्न राजनीतिक दल, समाजसेवी, विभिन्न वडाका जनप्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाएको छ । केहीवर्ष अघिसम्म गाउँपालिकाभित्र न्यून गुणस्तर भएका मदिरा बिक्रिवितरणमा कडाइ गरिएको थियो ।

तर अहिले गाउँपालिकाका विभिन्न वडामा खुलेआम न्यून गुणस्तर भएका मदिरा बिक्रिवितरण भइरहेका छन् । त्यसको नित्रयन्त्रणमा कसैले पनि चासो देखाएका थिएनन् ।

सो कारणले प्रहरी प्रशासनदेखि जनप्रतिनिधिको व्यापक आलोचना भइरहेको थियो । सोही अनुरुप पालिकाले पनि सर्वदलीय बैठक बोलाएको बताइएको छ ।

पछिल्लो समय खुलेआम गुणस्तरहीन मदिरा बिक्रिवितरणले समाजमा अशान्ति मच्चिरहेको छ । विभिन्न टोल टोलमा होहल्लादेखि कुटपिटका घटनासमेत बढेका छन् ।

यही समयमा मदिरा खोल्ने/नखोल्नेबारे बहस हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । केही मदिरा व्यवसायीको दबाबमा गुणस्तरहीन मदिरा खोल्ने तयारी भइरहेको आरोप लागेको छ ।

तर सर्वसाधारण जनताको माग भने बिक्रिबितरणमा थप कडाइ हुनुपर्ने रहेको छ । स्मरण रहोस् केही दिन अगाडी मात्रै मदिरा सेवनबाट वडा नम्बर १ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको आशंका गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077