Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सल्यानमा चट्याङ लागेर एकै घरका तीनसहित चारजना घाइते

सल्यानमा चट्याङ लागेर एकै घरका तीनसहित चारजना घाइते

शनिवार , भाद्र २२, २०८१

सल्यान । चट्याङ पर्दा सल्यानमा एकै घरका तीनसहित ४ जना घाइते भएका छन् ।

शनिबार बेलुकी ६ बजेतिर परेको चट्याङका कारण जिल्लाको त्रिबेणी गाउँपालिका-३ कटमेराका चार जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार स्थानीय गीता बुढामगरको घरमा चट्याङ पर्दा उनकी ६ वर्षीया छोरी मसिना बुढा, १२ वर्षीय छोरा जगत बुढा, ४२ वर्षीया सासु बिष्णु बुढा र छिमेकी घरका ३५ वर्षीय दलबहादुर बुढा घाइते भएका हुन् ।

गम्भीर घाइतेमध्ये मसिना र जगतको उपक्षेत्रीय अस्पताल तुलसीपुरमा उपचार भइरहेको र अन्य दुई जना स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएका सल्यान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077