Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अब ६ प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनमा, सुदूरपश्चिमलाई किन बेवास्ता ?

अब ६ प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनमा, सुदूरपश्चिमलाई किन बेवास्ता ?

आइतवार , भाद्र २३, २०८१

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले यो वर्षको चिकित्सा शिक्षातर्फ स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरूको सिट सङ्ख्या निर्धारण गरेको छ ।

आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाका अनुसार आयोगले स्नातक तहका लागि विभिन्न विषयमा आठ हजार ७० वटा सिट निर्धारण गरेको हो ।

उनले यो वर्ष एमबिबिएसका लागि थप चार वटा स्वास्थ्य संस्थाले सम्बन्धन पाएको जानकारी दिँदै ती संस्थालाई ५०/५० वटाका दरले सिट तोकिएको बताइन् । झाका अनुसार थप भएका कलेजमा तीन वटा सरकारी प्रतिष्ठान र एउटा निजी कलेज छ ।

सरकारीमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । यस्तै निजीतर्फ बी एन्ड सी मेडिकल कलेजले सिट पाएको छ ।

योसँगै ६ वटा प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनमा आएका छन् । तर सुदूरपश्चिममा भने मेडिकल कलेजका लागि संरचना निर्माण गरिए पनि सरकारी सञ्चालनमा आउन सकेको छैन । मेडिकल शिक्षा अध्यापन गराउने उद्देश्यले कैलालीमा गेटा मेडिकल कलेजका लागि भव्य संरचना निर्माण गरिएका छन् ।

तर सरकारी बेवास्ताका कारण मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन । कलेजसँग सम्बन्धित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसद्मा विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077