Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एकाबिहानै ढुंगेबजारमा इलेक्ट्रोनिक हाईस दुर्घटना

एकाबिहानै ढुंगेबजारमा इलेक्ट्रोनिक हाईस दुर्घटना

आइतवार , भाद्र २३, २०८१

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ स्थित ढुंगेबजारमा इलेक्ट्रोनिक हाईस दुर्घटना भएको छ ।

आज बिहान चिसापानीदेखि लम्की जाँदै गरेको सु.प.प्र.००१ ज ९४१ नम्बरको इलेक्ट्रोनिक हाईस पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

उक्त गाडी डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ०४ निवासी २४ वर्षीय शेर बहादुर साउँदले मापसे गरेर चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कैलाली प्रहरीले जनाएको छ ।

गाडी दुर्घटनामा परेर बाँया साइडको दुई वटा टायर सडकको नालामा र दायाँ साइडको दुई वटा टायर सडकमै अड्किएको थियो।

उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको र अन्य सवारी साधनमा पनि कुनै क्षति नपुगेको बताइएको छ । गाडी दुर्घटना भएको स्थलमै रहेको छ भने चालकलाई इलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ।

उक्त घटनास्थलमा प्रहरी निरीक्षक लक्ष्मण रोकायाको कमाण्डमा ४ जना प्रहरी टोली खटाइएको थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077