Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

झाडाबान्ताका कारण बाँकेमा एक जनाको मृत्यु, तीन बिरामी

झाडाबान्ताका कारण बाँकेमा एक जनाको मृत्यु, तीन बिरामी

आइतवार , भाद्र २३, २०८१

नेपालगञ्ज । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए।

‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ’, स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले भने । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन्।

तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

एकजना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेठले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077