Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पहिरोले घर पुरियो : श्रीमान्-श्रीमती बेपत्ता, छोरीको उद्धार

पहिरोले घर पुरियो : श्रीमान्-श्रीमती बेपत्ता, छोरीको उद्धार

आइतवार , भाद्र २३, २०८१

जाजरकोट । जाजरकोटमा पहिरोमा पुरिएर एकै श्रीमान् श्रीमती बेपत्ता भएका छन् ।

बारेकोट गाउँपालिका ६ धुमा गाउँमा गएराति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा मान बहादुर चलाउने र उनकी श्रीमती तथा वडा नं ६ की महिला वडा सदस्यसमेत रहेकी मायादेवी चलाउने पुरिएका छन् ।

घटनास्थलबाट चलाउनेकी छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको तर २ जनाको शव निकाल्न नसकिएको बताइएको छ । जाजरकोट प्रहरीका अनुसार घटनास्थलमा प्रहरी टोली गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077