Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

राप्तीमा बेपत्ता भएका दुई युवा अझै भेटिएनन्

राप्तीमा बेपत्ता भएका दुई युवा अझै भेटिएनन्

आइतवार , भाद्र २३, २०८१

चितवन । राप्ती नदीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात रहेको छ ।

शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका हुन् । भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन।

शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियार बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077