Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सर्वोच्चको आदेशविरूद्ध स्थानीयको प्रदर्शन

सर्वोच्चको आदेशविरूद्ध स्थानीयको प्रदर्शन

आइतवार , भाद्र २३, २०८१

काडमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि स्थानीयहरू विरोधमा उत्रिएका छन्।

उपत्यकाका विभिन्न नदी खोला आसपास बस्ती र संरचना रहेकाको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

सर्वोच्चको आदेशसँगै काठमाडौं महानगरले २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै रोक लगाएको थियो।

सर्वोच्चको फैसलापछि दसौं हजार घरपरिवार सुकुम्बासी बन्ने अवस्था आएपछि आन्‍दोलनमा उत्रनुपरेको उनीहरूको भनाइ छ।

आइतबार जोरपाटी क्षेत्रका बासिन्दाहरूले प्रदर्शन गरेका छन्।  सर्वोच्चको फैसला न्यायिक नभएको भन्दै उनीहरुले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077