Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

दशैंअघि नै सडकका खाल्डा पुर्न यातायातमन्त्री दाहालको निर्देशन

दशैंअघि नै सडकका खाल्डा पुर्न यातायातमन्त्री दाहालको निर्देशन

आइतवार , भाद्र २३, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दशैंअघि नै सडकका खाल्डा पुर्न निर्देशन दिएका छन्।

चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि यातायातमन्त्री दाहालले दशैंअघि नै सडकका खाल्डा पुर्न निर्देशन दिएका हुन्।

चाडपर्वको समयमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले नियन्त्रणका लागि मन्त्रालयले चासो देखाएको हो।

यातायातमन्त्री दाहालले चाडपर्व सुरू हुनु अघि नै सडकका खाल्डा पुर्न निर्देशन दिए। जोखिम रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न पनि उनले निर्देशन दिए।

विभिन्न कारण दुर्घटना भई हाले उद्धार र अस्पतालसम्म पुर्‍याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे।

सडक सुरक्षाको दीर्घकालिन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने भन्दै यातायातमन्त्री देवेन्द्र दाहालले सडक सुरक्षा परिषदलाई क्रियाशील र प्रभावकारी बनाइने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077