Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

आइतवार , भाद्र २३, २०८१

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन्।

लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि केसीले गाडी फिर्ता गरेका हुन् ।

पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता भएको हो ।

भदौ २० गते बिहीबार मुख्यमन्त्री कार्यालयमा चालकमार्फत पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरेका हुन् ।

भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077