Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सशस्त्र र नेपाल प्रहरीका कानुनलाई परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन

सशस्त्र र नेपाल प्रहरीका कानुनलाई परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास, वालुवाटारमा आइतबार साँझ प्रधानमन्त्री ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी संशोधन विधेयक ल्याउन निर्देशन दिएका हुन् ।

छलफलमा अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै सङ्गठनका प्रमुखहरुसहितको सहभागीता रहेको थियो । छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुकुल र वस्तुनिष्ट बनाउनुपर्ने बताए।

उनले मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा सङ्गठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधासमेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन आग्रह गरे।

ती दुवै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले आर्थिक र प्रशासनिक पक्षलाई अध्ययन गरेर छिटो विधेयक अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देश गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077