काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
संसद् सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिकी सभापति बिमला सुवेदीले राष्ट्रियसभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूची रहेको छ ।
यसको साथै, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।