Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राप्रपा सांसद शाहीको आक्रोश - प्रधानमन्त्री जति झुट बोल्ने मान्छे नेपालमा कोही छैन

राप्रपा सांसद शाहीको आक्रोश - प्रधानमन्त्री जति झुट बोल्ने मान्छे नेपालमा कोही छैन

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा बढी झुट बोल्ने मान्छे नेपालमा कोही नभएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहका लागि ५६ जना विद्यार्थी जुम्ला पुगेका तर अन्तिम समयमा प्रधानमन्त्रीले ढाँटेको बताएका हुन्।

सांसद शाहीले भने,'दीक्षान्त समारोह भनेर ५६ जना विद्यार्थी पूर्वको झापादेखि पश्चिमकको कञ्चनपुरसम्मका विद्यार्थी जुम्ला गए। त्यतिमात्रै होइन डा. सन्दुक रूइत पनि जानुभयो, हामीहरू गयौं। स्वास्थ्य सचिव जानुभयो लास्ट आवरमा आएर के भनिदिनुभयो,म आउँदिन दीक्षान्त समारोह पछाडि सारौं। हुकुमी शासन हो? '

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा नगएर ओलीले झुट बोलेको आरोप लगाए ।

त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असूलउपर गर्नुपर्ने पनि शाहीले बताए।

उनले कांग्रेस र एमालेले आफ्नो भ्रातृ संगठनलाई सम्हालेर राख्न पनि चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077