Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नवनियुक्त प्रधानसेनापति सिग्देलले सम्हाले नेपाली सेनाको कमाण्ड

नवनियुक्त प्रधानसेनापति सिग्देलले सम्हाले नेपाली सेनाको कमाण्ड

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले आधिकारिक रूपमा नेपाली सेनाको कमाण्ड सम्हालेका छन्।

प्रधानसेनापति प्रभुराम शर्मा अवकाशमा गएपछि सोमबारबाट सिग्देलले ‘जंगी अड्डा’मा पुगेर प्रधानसेनापतिको कमाण्ड सम्हालेका हुन्।

शर्मा प्रधानसेनापतिको तीन बर्षे सेवा अवधि पूरा गरेर सोमबार देखि नै अवकाशमा गएका थिए ।

पदभार ग्रहण गर्नु अगाडि सिग्देलले आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत ग्रहण र दर्ज्यानी चिह्न प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077