काठमाडौं । काठमाडौं छिर्ने मुख्य नाका पहिरोका कारण अवरुद्ध भएको छ ।
नौबिसे नागढुंगा सडकखण्डमा लेदोसहितको पहिरो आएपछि सडक अवरुद्ध बनेको हो । प्रहरी वृत्त थानकोटका अनुसार पहिरो गएका कारण अहिले दुईतर्फीबाट बाटो अवरुद्ध भएको छ ।
पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् । काठमाडौं आउने यात्रुहरू अलपत्र परेका छन् ।
ठूलो मात्रामा लेदो थुप्रिएकाले यातायात सञ्चालनका लागि पाँच घन्टा बढी समय लाग्ने बताइएको छ ।