Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

म बीपीको छोरो हुँ, चुनाव जित्न केही गर्नै पर्दैन : शशांक कोइराला

म बीपीको छोरो हुँ, चुनाव जित्न केही गर्नै पर्दैन : शशांक कोइराला

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन् ।

सोमबार काठमाडौँमा विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बीपीको छोरो हुनेबित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरिएकोमा पनि उनले खुसी व्यक्त गरे। बीपीको छोरो भएकै कारण आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँचपटक जितिसकेको उनले बताए ।

‘बीपीको छोरो हुनेबित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले। कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नैपर्दैन । पाँचचोटी त चुनाव जितेँ। त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्लाजस्तो छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077