Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एमाले नेता भीम रावल गृहजिल्ला अछाममा, ओलीनिकट नेताहरुको भागाभाग !

एमाले नेता भीम रावल गृहजिल्ला अछाममा, ओलीनिकट नेताहरुको भागाभाग !

सोमवार , भाद्र २४, २०८१

अछाम । नेकपा एमालेका नेता डा. भीम रावल गृह जिल्ला आइपुगेका छन् । विभिन्न सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन पूर्वउपप्रधानमन्त्री रावल अछाम आइपुगेका हुन् ।

हिजो मात्रै धनगढी विमानस्थलमा अवतरण गरेका रावल आज साँझतिर अछाम पुगेका हुन् । उनलाई चौखुट्टेमा नेता तथा कार्यकर्ताले फुलमालासहित भव्य स्वागत गरेका थिए । यस्तै साँफेबगरमा पनि स्वागत गरिएको थियो ।

पछिल्लो पटक नेता रावलले एमाले पार्टी छोड्न सक्ने अभिव्यक्ति दिइरहेका छन् । त्यस कारण नेता रावलको यसपटकको जिल्ला भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी एमालेभित्र जिम्मेवारीविहीन छन् ।

यता नेता रावललाई स्वागत गर्न निकटका नेता मात्रै चौखुट्टे पुगेका थिए । नेकपा एमालेका अधिकारीक व्यक्ति त्यहाँँ नपुगेको बताइएको छ ।

नेता रावल एमाले पार्टीको शक्तिशाली उपाध्यक्ष हुँदा उनको जिल्ला भ्रमणमा स्वागत गर्न चौखुट्टे पुग्ने नेताहरू यसपटक भने रावल चौखुट्टे पुग्दा साफबेगरबाटै मंगलसेन हानिएको बताइएको छ ।

एमाले अध्यक्ष केपी ओली पक्षका नेताहरू रावल गृहजिल्ला पुगेसँगै भाग्न थालेको बुझिएको छ । केन्द्रमा आफ्नो नम्बर घट्ने डरले ओली पक्षका नेता रावलको नजिक पनि नआउने गरेको बताइएको छ ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टीमा जिम्मेवारीविहीन छन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077